कोलम्बो । श्रीलंकाका सरकारी कार्यालयहरू शुक्रबार पुनः खुला हुने भएका छन् । शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मंगलबार रद्द गरेको थियो ।
श्रीलंकामा इन्धन अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याइएको थियो ।
सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले जानकारी दिए ।
श्रीलंकामा आर्थिक संकटपछि इन्धन खरिद हुन नसक्दा देशभर इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक संकट पनि उत्पन्न भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच