काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत शुक्रबार इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । उक्त एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको १०औँ वर्ष हो । कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इञ्जिनियरिङ संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ ।
छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यालय एनसेल आइकन, लैनचौरमा आयोजित कार्यक्रमबीच प्रदान गरिएको कम्पनीले जनाएको छ । यस वर्ष अर्थात् २०८० का लागि १८ शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इञ्जिनियरिङ संकायका १८ विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई पाँच संकायबाट स्नातक उत्तीर्ण छजना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।
इञ्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. शशिधरराज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरूपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्नुभएको थियो । एनसेलका चिफ लिगन एण्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्सियल अफिसर उमेर मोहसिन र एक्टिङ चिफ टेक्नोलोजी अफिसर लेनाकेशरी कंसाकारले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । कुल १८ जनामध्ये पाँचवटै संकायका छात्राबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एकजना गरी तीन छात्राले यो छात्रवृत्ति पाउने गर्छन् ।
उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इञ्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तह पूरा गरेका प्रत्येक संकायका एक/एकजना र यी पाँचै संकायका छात्रामध्येबाट सर्वोत्कृष्ट एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्छन् । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कार एक–एक लाख रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच