वाइ पोन्टिङलाई इण्डोर क्रिकेटको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

इटहरी । वाइ पोन्टिङले अन्तरविद्यालय इण्डोर क्रिकेट प्रतियोगिको उपाधि जितेको छ । इटहरी क्रिकेट एकेडमीको आयोजनामा इटहरी क्रिकेट रंगशालाको इण्डोर क्रिकेट हलमा बिहीबार भएको फाइनलमा पशुपति स्कुललाई ५ विकेटले पराजित गर्दै वाइ पोन्टिङले उपाधि जितेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पशुपतिले निर्धारित ८ ओभरको खेलमा ६ ओभर ३ बलमा अल आउट हुँदै ४४ रन बनायो । पशुपति स्कुलले दिएको लक्ष्य वाइ पोनटिङले ५ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो । वाइ पोन्टिङका लागि रमन साहले सर्वाधिक २० रन बनाउँदै म्यान अफ द फाइनल घोषित हुनुभयो ।

प्रतियोगिताको विजेता टोलीलाई प्रमुख अथिति तथा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नुभयो । प्रतियोगितामा उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिइने एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जनाउनुभयो ।

प्रतियोगिताको उत्कृष्ट ब्याटसम्यान र म्यान अफ द सिरीजको उपाधि आकास सर्राफले पाउनुभयो । त्यस्तै उत्कृष्ट बलरको उपाधि सविन निरौलाले पाउनुभयो । अबिरल गौतमले प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट प्रतिभाशाली टोलीको उपाधि माउन्ट मकालु स्कुलाई प्रदान गरिएको छ । उत्कृष्ट अनुशासित टोलीको उपाधि डिभिएम स्कुलले पाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?