रुपन्देहीका अग्रज पत्रकार पोखरेलको निधन

हिमालय टाइम्स
Read Time = 1 min

-चन्द्र खनाल
रुपन्देही । बुटबलका वरिष्ठ पत्रकार बसन्त पोखरेलको निधन भएको छ । लामो समयदेखि रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आएका पोखरेलको सोमबार राति बुटवलस्थित आफ्नै निवासमा निधन भएको हो ।

मोफसलको चर्चित पत्रिका बुटवल टूडेमा स्थापना कालदेखि सम्पादकको भूमिका निर्वाह गर्दै हाल सम्पादक सल्लाहकार रहेका पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पोखरेलका श्रीमती, दुई छोरा एक छोरी छन् ।

पोखरलेको निधनले पत्रकारितामा नै ठूलो क्षति पुगेको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले दुःख व्यक्त गर्नुभएकाे छ । स्व. पत्रकार पोखरेलको आज मंगलबार बुटवलस्थित मैनाबगर घाटमा दाहसंस्कार गरिने पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?