भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका-८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ ।

थापाले ती महिलालाई गत साउन २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार रहेका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका-४ नयाँठिमीबाट उनलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?