छ-छवटा शत्रुुका कुुर्कुुस्त भारी बोकेका बासी, जराजीर्ण मनुवा, जो पटकपटक परीक्षित भएर असफलताले फोहरहरू यत्रतत्र छर्न माहिर भ्रष्ट तथा कृतघ्न नाना दलका खानाकाल जमात एक थरि जो चुनावमा टिकट आफ्नै प्याओ मानेर घोर्ले पल्टिरहेका छन् । अर्का थरि कहिले चुनाव आउला र युवापुस्ताको नारामा गर्जिएर स्वैर र मनचिन्ते कल्पनाका पूmलबुट्टे स्लोगनका गोमन डुलाएर मौका हेरी चौका हान्न सकिएला भन्ने छद्म अनुहारका जो सत्तालाई सिनु सम्झिएर वरपर लोभिई चाचाचुुमा घुमिरहेका स्यालका हुल । इतरकोटिका स्वतन्त्र हुँ भन्दै कोकोेहोलो मच्चाउने न इतिहास न समाजसेवा बिलो पनि नभएका केही चरम महङवाकांक्षीका बथान ।
त्यसैगरी बहरूपी अर्का थरि तस्कर, माफिया, नवकुवेर नाता वा परिजन र प्रेमीप्रेमिका हुुल्याहा एवं मुल्याहाका भीड । यी सबै चुुनावमा टिकट लिन उछिनापाछिन गरी तँ छाड् म छाड् दौड प्रतियोगितमा सामेल छन् यतिखेर भनेर मिडियाहरू फुकेको फुुक्यै छन् । शीर्ष, सुप्रिमो वा दलका सर्दारलाई खबर्दार ! मच्चाउन साम, दाम, दण्ड र भेदनीतिबाट शीर्षस्थलाई पादस्थ बनाउन छेदहरू कसरत गरिरहेका छन् कोणकोणबाट भन्ने कुरा गाइँगुुइँ सुन्नमा पनि आइरहेको छ ।
रिपुु, वैरी, सपत्न, अरि, द्विषत्, द्वेषण, दुुर्हृद्, द्विष्, विपक्ष, अहित, अमित्र, दस्युु, शात्रव, शत्रुु, अभिघातिन्, पर, अराति, प्रत्यर्थिन् र परिपन्थिन् भनेर संस्कृत कोषले शत्रुुहरूको अपमान वा मानमा शब्दहरू मनग्गे बन्दोवस्त गरिदिएको छ ।
रिपुु, वैरी, सपत्न, अरि, द्विषत्, द्वेषण, दुुर्हृद्, द्विष्, विपक्ष, अहित, अमित्र, दस्युु, शात्रव, शत्रुु, अभिघातिन्, पर, अराति, प्रत्यर्थिन् र परिपन्थिन् भनेर संस्कृत कोषले शत्रुुहरूको अपमान वा मानमा शब्दहरू मनग्गे बन्दोवस्त गरिदिएको छ । हाम्रा त्रिकालदर्शी ऋषिमुुनिहरूले मानिस भएर जन्मिएपछि चार पुुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) प्राप्त गर्न मूूलतः षड्रिपुु अर्थात् छ थरि घोर्ले शत्रुु (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य) जितेर मात्रै ती चार पुरुषार्थ हात पर्ने कुरा बताएका छन् । तर, लोभानी पापानीमा फसेका स्वार्थका कुम्भीपाके किटाणुु, धमिलो मन र पालिसे वचनका वाक्तस्करकै लस्कर टिकट हात पार्न सफल हुने छन् भनेर अस्ति भर्खरै एक गाईजात्रे जोतिषीले भविष्य वाणी गरेका छन् ।
शत्रुुहरू सबै डेन्जरै हुन्छन् । अब छोटो रूपमा तिनीहरूको चर्चा गरूँ । छ थरि शत्रुुमध्ये ‘काम’ भन्ने जन्तुु राजनीतिको नाममा वाजनीतिमा सामेल हुनेका लागि विषयभोग वा सुुविधाको इच्छा राखेर कामना र वासनामा लठ्ठ हुने सहवास तथा यौनेच्छामा मस्त रहने असन्तुलित मनस्थितिमा पो रूपायित भयो त ! सुकाम होइन सकाममा मगनमस्त भएका, मर्कटका हुलजस्ता निष्कामकर्मबाट बाह्र हात चिप्लिएकाले देश र समाज परिवर्तन गर्छ भनेर कसरी पत्याउने । यी संग्रहवादीहरू विदेशी बैंकमा देशको धन आपूm र आफन्तको नाममा सञ्चय पनि गर्दछन् रे अनि त्यस्तालाई ढुकुटीको जिम्मा दिनुभनेको देश तथा जनतालाई सुकुटी हुने अवसर होइन र ? ‘मन मैलो, टोपी भने सफा’ भएकासित होसियार बन्नै पर्छ भन्ने आवाज घन्किएकै छन् ।
अर्को ज्वालमुखी शत्रु ‘क्रोध’ हो । आवेगी, रोषी, रिसाहा, रौद्ररसको स्थायी भावजस्ता क्रोधीमा नायकत्व थमाउनु आफैँ उल्लु हुनु हो भन्ने अभिमतको डाको पनि बाक्लै छ । श्रीमद्रभगवत्गीताले ‘क्रोधात् भवति संमोह संमोहात् स्मृतिविभ्रमः । स्मृतिभ्रंसात् बुुद्धिनाशः बुद्धिनाशात् प्रणश्यति’ भनेर सजक नबनाएको कहाँ हो र ? तर, अगुवा यसलाई खोक्रो आदर्श भनेर विचारै गर्दैनन् । बुुद्धले पनि क्रोधलाई ‘प्रचण्ड अग्नि हो’ भनेर चेतावनी नदिएका होइनन् । महात्मा गान्धीले त ‘क्रोध एक पागलपन हो’ नै भने । पाँच वर्षको लागि जनताले बनाइदिएको संसद काम र क्रोधकै चक्रब्यूहमा फसी शीर्ष राष्ट्रवादी हुँ भनेर बर्बराउनेले दुई–दुुई पटक संसद भंग गरेर जनमतमा बुट बजारेको विक्षिप्तपनको उदाहरण आलै छ ।
अर्को जखमले अरि वा अमित्र ‘लोभ’ हो । अरूको धनमाल पाउने आशा, लालचा वा लालसा कन्जुुसीपन लोभको लक्षण हो । त्यसै भएर त युुगौँदेखि ‘लोभले लाभ खा, लाभले आपूm खा, आपूmले परत्र खा’ भनेर उखानले मान्छेलाई मुकाम देखाएको देखायै छ । उखानका झुप्पा लोभीजमातलाई लुप्पा खुवाउन हरकोणबाट बोलिरहेका छन्, ‘लोभले लाभ, लाभले पाप, पापले विलाप । लोभस्य पाप कारणम् । लोभीको भाँडो उभिण्डो । लोभीको धन घरिघरि गन् । लोभीको धनमा पापीको आँखा । लोभी गुरु लालची चेला दोनो नरकमे ठेलमठेला’ भनेर वचनको क्षेप्यास्त्र प्रहार गर्दा पनि नानीदेखिको लोभी बानी यो कुकाम गर्न हानि ठान्दैन बा !
हिन्दी साहित्यका महान् हस्ती शरद्चन्द्रले एक सन्दर्भमा भनेका छन् : ‘लोभ पनि छुतको बिरामी जस्तै हो’ । कति सटीक टिप्पणी लोभबारे । चौथो उल्काको वैरी ‘मोह’ जो कोरोना भाइरसभन्दा महा-डेन्जर ! गौतम बुुद्धले मान्छेको मोहचिन्तनलाई यस्तो देखे : ‘मानिस मोहजालमा यसरी तड्पिन्छ जस्तो पानीबाट निस्केर जमिनमा रहेको माछा तड्पिन्छ’ । पाँचौं वेद भनिने महाभारतले ‘मोह’ बारे यसरी बोलेको छ : ‘बुुद्धिको नाश नै मोह हो, जसले धर्म अर्थ दुवै नष्ट गरी मान्छेलाई नास्तिक बनाई दूराचारमा प्रवृत्त गराउँछ’ । ल हेर्नोस् त चुनाव जितेका कतिपय नेताहरू ईश्वरको नाममा सपथ नखाने ! तर राममन्दिर, कृष्णमन्दिर, देवीस्थान र सरस्वतीको मूूर्ति उद्घाटन र प्राणप्रतिष्ठा गरेर प्रसाद भकुरी पुर्पुरो रंग्याएका रमिता हेरिरहेकै छौँ !
चाणक्यले पनि आफ्नो नीतिमा अतिसय मोहले मानिसलाई कमजोर बनाउँछ भनेर शासकहरूलाई सुध्रिने वाक्इन्जेक्सन नदिएका होइनन् तर मोहले अलमस्त भएका नास्तिकहरू टेरपुच्छर नलाउँने भाछन् । पाँचौँ शत्रुु भदौको मत्त राँगो अर्थात् महिषासुर भनौँ वा माघको प्रचण्ड षण्डजस्तो अराति (शत्रु) हो ‘मद’ । मस्त र मत्त हुनु यसको विशेषता हो । धन, रूप, यौवन र अधिकार आदिबाट उत्पन्न हुने मानसिक उन्मादीको विकार हो मद । आध्यात्मिक दर्शनअनुसार देह र सांसारिक वस्तुलाई नै सर्वस्व मान्ने भ्रम वा सांसारिक जञ्जाल तथा प्रपञ्चमा आशक्ति राख्ने वृत्ति हो मद । यो एक किसिमको भ्रान्ति, भ्रम र व्यामोह हो ।
छैटौँ ‘अभिघातिन’ अर्थात् शत्रु मात्सर्य हो । अरूको उन्नति, प्रगति र उत्थान देखेर भित्रै हुने जलन, डाहा र ईष्र्या यसको विशेषता हो । त्यसै भएर त हाम्रा आदिकवि भानुुले भने ‘कस्लाई हो शत्रुु भनेर जान्नुु । आफ्ना दसै इन्द्रिय शत्रुु मान्नुु’ ।। इन्द्रियको मागमा बरालिने जमात कता नेता, शासक र स्टेटम्यान हुन सक्छ र ? जो छ थरि अभिघातबाट असन्तुलित कामक्रोधादिका द्वेषी भाव अटेसमटेस भएर मनभित्र रहेको छ, त्यस्ता जनप्रतिनिधि आदर्श शासक अर्थात् प्लेटोको शब्दमा ‘फिलोसफर किङ’ हुनसक्लान् ? दर्शन बुुझेर आचरणमा उतार्ने कुन चराको नाम हो होसै राख्दैन ।
बीपीले एक सन्दर्भमा नेतृत्व लिन इच्छा गर्नेहरूलाई लल्कार्दै भनेका छन्‘जनताहरूबाट विचार लिएर प्रशोधन गरी जनतालाई नै दिने चीज नीति हो’ । खोइ यो गुरुसूत्रको अनुशरण ? राष्ट्रको अधिकांश व्यक्ति शासक बन्ने प्रणाली हो लोकतन्त्र ।
छ थरि शत्रुको घेरा तोडी जात, धर्म, लिंग, वर्ण, क्षेत्र, पूर्वाग्रह, नीचतम स्वार्थबाट पर्गेलिएर राज्यशासन चलाउने क्षमता र इच्छाशक्ति हुनु पर्यो राजनेतासित । त्यस्ता उदात्त गुण भएकाको छनोट हो निर्वाचन ! जनवादी वा लोकतन्त्रवादी सुशासक कस्तो हुनुुपर्छ, ‘चक्षुसा मनसा वाचा, कर्मणा च चतुर्विधम् । प्रसादयति यो लोकं तं लोकानुप्रसीदति’ ।। अर्थात् आँखा, बोली, मन र काम यी चार कुराले जुन जनप्रतिनिधि जनतालाई खुशी राख्न सक्छन् तिनैसित देशका नागरिक प्रसन्न हुन्छन् भनिएको छ । गौर गरेर हेर्दा जनतालाई रमाइलो र खुशी दिने तागत भएका अगुवा एकाध अपवाद बत्ती बालेर खोज्दा मिल्ला कि ? नत्र हातलाग्यो शून्य !
यस्तै भोगेर होला राजनीति चिन्तक एडमन्ड वर्कले प्रजातन्त्रको धज्जी उडाउँदै भनेका थिए, ‘प्रजातन्त्र समानताको भयंकर प्रपञ्च हो’ । यतिखेर हामीले भोगिरहेको यथार्थ यही होइन भन्या ? मोही माग्ने ढुंग्रो लुकाउने कहाँ गर्न पाइन्छ ! गौर गरेर नियाल्दा अहिले सिरानदेखि पुछारसम्म हाम्रा जनप्रतिनिधि झन्नै देशमा ३७ हजार छन् । ती सबैका सल्लाहकार आउरे, बाउरे र धुपौरेको संख्या त्यसको दोब्बर छ । तिनीहरूमा आश्रित प्रतिपरिवार करिब ५ जना छन् । तिनीहरूका नसनाताका जनहरूको संख्या जोड्दा झन् बृहत् हुनपुुग्छ । यसरी षड्रिपुको माखेसाङ्लोमा धेरै मतदाता प्रत्यक्ष अप्रत्यक्ष तरिकाले बन्दी छन् । अनि चुनाव गरेर योग्य, पारदर्शी, परोपकारी, सुशासक असल मानिस आउन सक्छ त ? भन्ने प्रश्न पनि पेचिलो छ ।
उसो भए लोकतन्त्र जनताले चुनेका प्रतिनिधिबाट चल्ने शासन प्रजातन्त्रको प्राणवायु भएको हुँदा चुनावबाट भाग्नु गैरप्रजातान्त्रिक होइन र ? भन्ने प्रश्न पनि मजैले उठ्छ । बीपीले एक सन्दर्भमा नेतृत्व लिन इच्छा गर्नेहरूलाई लल्कार्दै भनेका छन्, ‘जनताहरूबाट विचार लिएर प्रशोधन गरी जनतालाई नै दिने चीज नीति हो’ । खोइ यो गुरु सूत्रको अनुशरण ? राष्ट्रको अधिकांश व्यक्ति शासक बन्ने प्रणाली हो लोकतन्त्र तर अहिलेको भजगोविन्दम् सिण्डिकेडले यसको कति अपमान गरेको छ । खोइ प्राज्ञिक र बौद्धिक वर्गको स्वतन्त्र चिन्तन र अभियान !
आकांक्षालाई विचारमा, विचारलाई मतमा रूपान्तर गरेर मतलाई माग र मागलाई इच्छाशक्तिमा अनुवाद गर्ने हुती भएका राजनीतिक दल खोइ नेपालमा ? सबैको खुट्टी यो तीन दशकमा देखिएको होइन ? आमजनमन जिज्ञासु छ । जबसम्म यी छ शत्रु (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य) माथि जनप्रतिनिधिले विजय पाउन सक्दैनन् तबसम्म खबौं खर्च गरेर गराएको चुनावको मूूल्य रहँदैन । त्यसैले छ थरि शत्रुुबाट जोगिन सकिएन भने जनप्रतिनिधि पुनः पत्रुु हुनेछन् । दलले पात्रमा टिकट थमाएर लोकतन्त्र जोगाउने कसरत गरोस् । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच