महाअभियोग सिफारिस समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो ।

तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि महाअभियोग सिफारिस समिति गठन भएको थियो ।

दिउँसो २ बजे बस्ने बैठकमा भदौ १ गतेको बैठकमा बितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र जबरामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा समितिको सभापति चयन गर्ने विषय पनि उठ्न सक्ने जनाइएको छ । समितिले प्रतिनिधि सभामा दर्ता भएको जबराबिरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी श्रावण २२ मा पाएको थियो ।

जिम्मेवारी पाएको नौ दिनपछि समितिको पहिलो बैठक बसेको थियो । २०७८ को फागुन १ मा ९८ जना प्रतिनिधि सभा सांसदहरूले जबराबिरुद्ध महाअभियोग दर्ता गराएका थिए ।

प्रतिनिधिसभा नियमावलीमा महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानविनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको तीन महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?