चारदेशीय महिला टी:२० सिरिजको उपाधि हङकङलाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ  । हङकङले चारदेशीय महिला टी-२० सिरिजको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा तान्जानियालाई ५ विकेटले पराजित गर्दै हङकङले सिरिज जितेको हो ।  तान्जानियाले दिएको ८५ रनको लक्ष्य पछाएको हङकङले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि तान्जानियाले पहिला ब्याटिङ गर्दै १८.४ ओभरमा अल आउट हुँदै ८४ रन बनाएको थियो ।

यस सिरिजमा नेपाल भने आजै भएको तेस्रो स्थानको खेलमा जापानलाई पराजित गर्दै तेस्रो भएको थियो ।  यस सिरिजमा जापान भने कुनै पनि खेल जित्न असफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?