थप ४८७ जनामा कोरोना संक्रमण, १६४ जना संक्रमणमुक्त

Read Time = 1 min

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप चार सय ८७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

सो अवधिमा चार हजार एक सय ७७ को नमूना परीक्षण गरिएको थियो । एक हजार आठ सय छ जनाले पिसिआर र दुई हजार तीन सय ७१ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ३९ हजार चार सय ४८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने एक सय ६४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ९८ रहेको छ । आज एक सय ६४ सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा आज ललितपुरमा २४, भक्तपुरमा ११ र काठमाडौँमा एक सय १७ गरी एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज होम आइसोलेशनमा चार हजार एक सय २३ जना, संस्थागत आइसोलेशन एक सय ७५, आइसियु ५० र भेन्टिलेटरमा दुई जना सङ्क्रमित रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?