सिबिफिन र एक्यानबीच सहकार्य

Read Time = 3 mins

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (एक्यान) बीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयमा अध्ययन तथा अनुसन्धान गर्ने र सोका आधारमा अर्थतन्त्र एवं बैङ्क तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्न नीतिगत बहस तथा पैरवी गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सवलीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने र नीतिनियमको प्रभाव मूल्याङ्कन तथा बहसपैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैङ्कलगायतका निकायसँग संयुक्तरूपमा पहल गर्ने उल्लेख छ ।

देशम हाल बढ्दै गएको आर्थिक समस्या र समाधानका उपाय, बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपाय, स्वदेशी तथा वैदेशिक लगानी आकर्षण गर्ने नीति र वातावरण सुधार, औद्योगिक एवं व्यावसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायका साथै वैदेशिक व्यापारमा देखिएका समस्या र समस्या न्यूनीकरणका उपायलगायतको अध्ययन गरी प्रतिवेदन पेश गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सिबिफिनको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एक्यानतर्फबाट अध्यक्ष दिपक पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र एक्यानतर्फबाट उपाध्यक्ष सुशील घिमिरे, महासचिव प्रदिप सिग्देल र कोषाध्यक्ष वर्षा बराललगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?