ज्येष्ठ नागरिक दिवसमा प्रहरीले बाँड्यो पर्चा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । ज्येष्ठ नागरिक दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय भोजपुरले पर्चा सहित बिभिन्न सन्देशमुलक सामाग्री प्रशारण गरेको छ ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा ‘माया, हेरचाह र सम्मानित व्यवहार, जेष्ठ नागरिकप्रति कृतज्ञता नै सभ्य र सुरक्षित समाजको आधार’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव निरीक्षक सुरेश प्रसाद यादव नेतृत्वको प्रहरी टोली ज्येष्ठ नागरिकहरुलाई पर्चा बितरण गरेको हो ।

भोजपुर नगरपालिका वडा नम्वर ६, ७ र ९ मा पुगेर प्रहरीले ज्येष्ठ नागरिक सम्वन्धी बिभिन्न सन्देश मुलक पर्चाहरु बितरण गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले जानकारी दिनुभयो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्बन्धि पर्चा बितरण तथा सन्देशमुलक सामाग्रीहरु प्रसारण गरिएको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?