काठमाडौं । भारतले युएईमा जारी एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । दुबईमा बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।
विराट कोहली र सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले हङकङ सहजै हराएर एसिया कपको सुपर–४ मा स्थान पक्का गरेको छ ।
भारत समूह ‘ए’बाट विजेता बन्दै सुपर–४ मा स्थान बनाउन सफल भएको हो । भारतले यसअघि चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई हराएको थियो । पाकिस्तान र हङकङबीचको नतिजाले समूह ‘ए’को उपविजेता टिम टुंगो लाग्नेछ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हङकङले टस जितेर बलिङ गर्ने निर्णय लिएको थियो । त्यसपछि ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९२ रन बनाएको थियो ।
१९३ रनको लक्ष्य पछ्याएको हङकङले ५ विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो । यस्तै एसिया कपमा आज बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘बी’बाट अफगानिस्तानले समूह विजेता बन्दै सुपर–४ मा स्थान बनाइसकेको छ । बंगलादेश र श्रीलंकाबीचको नतिजाले समूह ‘बी’मा उपविजेता टोलीको टुंगो लाग्नेछ ।
यस जितसँगै समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेको छ । भारत समूहको शीर्ष स्थानमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच