इसेवाको अफर

Read Time = 1 min

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत् लाइफ इन्स्योरेन्स नवीकरण गर्दा ५० हजार जित्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत् कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले अफर ल्याएको कम्पनीले जनाएको छ ।

अफरमा बैंक लिंक एकाउन्टमार्फत् भुक्तानी गर्दा हरेक दिन एकजनाले एक हजार क्यासब्याकका साथै योजनाको अन्त्यमा भाग्यशाली एक विजेताले ५० हजार रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।

असार २५ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत दैनिक क्यासब्याक विजेताको घोषणा हरेक हप्ताको अन्त्यमा इसेवाको फेसबुक पेज तथा ब्लगमार्फत् गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?