‘नेपाली मनोविज्ञानः खण्ड एक’ पुस्तक लोकार्पण

Read Time = 2 mins

काठमाडौं । मनोविज्ञानसम्बन्धी ‘नेपाली मनोविज्ञानः खण्ड एक’ (नेपालिज् साइकोलोजीः भोलुम वान) कितावको लोकार्पण गरिएको छ । गत शुक्रबार माइतीघरस्थित सेन्ट जेभिएर कलेजमा एक कार्यक्रमबीच केन्द्रीय मनोविज्ञान विभागका प्रमुख प्रा.डा. नन्दिता शर्माले पुस्तकको लोकार्पण गर्नुभयो ।

‘नेपाली मनोविज्ञान : खण्ड एक’ नेपालमा मनोविज्ञानको इतिहास, विकास, उन्नति, समसामयिक अनुसन्धान र अभ्यासलाई बाहिर ल्याउन २७ लेखक, तीन सम्पादकीय टोली र एक बाहृय समीक्षकको संयुक्त प्रयास हो । पुस्तकले मुख्यतया नेपाली अनुसन्धानकर्ता र प्राज्ञिकको योगदानलाई समाहित गरेको छ ।

यस पुस्तकमा २३ वटा लेखलाई चारवटा खण्डमा विभाजित गरिएको छ । नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान, नेपाली मनोविज्ञानमा समसामयिक अभ्यास र नेपाली मनोविज्ञानमा व्यक्ति र व्यक्तित्वहरू ।

प्रमुख अतिथि प्रा.डा.नन्दिता शर्माले भने यस पुस्तक मनोविज्ञान क्षेत्रमा कोशेढुंगा भएको बताउनुभयो । उहाँका अनुसार नेपाली सेरोफेरोमा रहेर नेपालको सभ्यता र संस्कृतिलाई मध्यनजर गरी नेपाली मनोविज्ञानको उजागर र व्याख्या हुन जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?