‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौं संस्करण हुँदै

Read Time = 3 mins

काठमाडौं । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौं संस्करण अमेरिकाको डेनभर कोलोराडोमा हुनेभएको छ । नेपाल अमेरिका सम्बन्धको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा अक्टोबर १३, १४ र १५ मा अवार्ड आयोजना हुनेभएको हो ।

अवार्ड कार्यक्रममा अक्टोबर १३ र १४ मा नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले फिल्म फेष्टिभल हुने तथा १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावनाको बारेमा अन्तक्र्रिया कार्यक्रम र १५ अक्टोबरमा अवार्ड वितरण कार्यक्रम हुने ‘पाँचौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।

अवार्ड कार्यक्रममा नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीलाई प्रोत्साहनसमेत गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताउनुभयो । नेपाललाई विदेशी चलचित्रकर्मीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रूपमा चिनाउन यसले मद्धत गर्ने गोल्डेन स्टेट मुभी मेकरका यज्ञलाल श्रेष्ठले बताउनुभयो ।

अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरूलाई समेत समावेश गराउने र नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचार गर्नु अवार्डको उद्देश्य छ ।

अवार्ड र फिल्म फेष्टिभल लागि छनौट समिति गठन भइसकेको र अवार्डको सम्पूर्ण जानकारी प्रेस विज्ञप्तिमार्फत ल्याउने तथा नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा फिल्म फेष्टिभलमा समावेश हुने चलचित्रहरूको जानकारी केही दिनमा गराउने अवार्डका नेपाल संयोजक मदुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि पत्रकार सम्मेलनमार्फत् अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा अवार्ड आयोजना गरिने भनेकोमा विविध प्राविधिक कारणले गर्दा अवार्डको मिति र स्थान परिवर्तन भएको ग्लोबल नेपाली फिल्म अवार्डका प्रेस संयोजक सूर्य चन्दको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?