बन्द प्रशिक्षणमा २४ खेलाडी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालले एसिसी यु-१९ प्रिमियर कप खेल्ने २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ । १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा हुने यु-९ एसिया कप खेल्न पाउनेछ ।

नेपालले बन्द प्रशिक्षणमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई बोलाएको छ ।

नेपालले गत फागुनमा आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा १४ सदस्यीय टोलीलाई निरन्तरता दिएको छ । नेपाली क्रिकेट टोलीबाट खेलिसकेका देव खनालसँगै यु-१९ का कप्तान अभिषेक तिवारी, निरज यादव र नरेन भट्टलाई बोलाएको छ । अभिषेक तीव्र गतिका बलर, निरज ओपनर र नरेन मध्यक्रमका ब्याटर हुनुहुन्छ ।

प्रिमियर कपको समूह ‘ए’मा नेपाल, बहराइन, साउदी अरेविया र ईरान छन् । समूह ‘बी’मा युएई, ओमान, कतार र चीन छन् । समूह ‘सी’मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्यस छन् । समूह ‘डी’मा हङकङ, मलेसिया, जापान र इण्डोनेसिया छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?