काठमाडौं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घर-घरमा पुर्याउने लक्ष्यसहित नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले आफ्ना उत्पादन बजारमा ल्याएको छ । घर निर्माण गर्दा निर्माण सामग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या छ । माटो, स्लिट तथा अन्य अनावश्यक वस्तु मिसिएको बालुवा प्रयोगले मिश्रण बलियो नहुने, दक्ष जनशक्ति अभाव, मिश्रणमा एकरूपता नहुने, ढुवानी तथा भण्डारण समस्या, निर्माण कार्य समयमै पूरा गर्न नसकिने, भविष्यमा संरचनाबाट पानीको चुहावट समस्या, क्र्याक समस्यालाई मध्यनजर गर्दै नेपाल वाल प्लास्टले आफ्ना उत्पादन बजारमा ल्याएको जनाएको छ । कम्पनीले बालकुमारी हार्डवेयर नैकापको सहकार्यमा कम्पनीको म्यासकट अनावरण तथा उत्पादनको अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै उक्त जानकारी दिएको हो ।
चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी, उप्रमुख वसन्ती श्रेष्ठका साथै कम्पनीका सञ्चालक, डिलर, इन्जिनियर तथा निर्माणकर्ताको उपस्थितिमा नयाँ उत्पादन अनावरण गरिएको कम्पनीले जनाएको छ । इटालियन उच्च प्रविधिद्वारा उत्पादित वाल प्लास्ट, इटालियन वर्नरसाथ थ्री रिटर्न सिलिङ ड्रायर भएको पूर्ण स्वचालित प्लान्टबाट शतप्रतिशत, धुलो माटोरहित ग्रेडिङ गरिएको बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष पाउडर तथा अन्य सामग्री मिश्रण गरी तयार गरिएको मोर्टार नेपाली निर्माण बजारका लागि नौलो उत्पादन रहेको कम्पनीको कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच