नेपाल टी-ट्वान्टी लिगको मिति सर्‍यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको आयोजना मिति सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ । यसअघि असोजमा हुने तय भएको प्रतियोगिता अब मंसिरमा हुने क्यानले जनाएको छ । यद्यपि क्यानले नयाँ मिति भने घोषणा गरेको छैन ।

यसअघि पहिलो संस्करणको नेपाल टी-ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो । क्यानले सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सारेको हो । गृह मन्त्रालयले प्रतियोगिता सार्न पत्र काटेपछि क्यानले प्रतियोगिता सारेको हो ।

पहिलो संस्करणमा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले खेल्नेछन् । प्रतियोगिताका लागि गत शनिबार र आइतबार खेलाडी ड्राफ्ट सम्पन्न भइसकेको छ । जसबाट सहभागी ६ टोलीले खेलाडी अनुबन्ध गरिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?