![मनाइयो रामप्रसाद राईको ११५औं जन्मजयन्ती](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Ram-prasad-Rai-Samjhana.jpg)
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको शुक्रबार सम्पन्न साधारणसभाले लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । सिमरामा सम्पन्न १६औंँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशतले हुन आउने एक करोड २८ लाख ७० हजार तीन सय पाँच रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने तीन अर्ब ३९ करोड ९८ लाख ३६ हजार तीन सय सात रुपैयाँको ४२ प्रतिशत अर्थात् १ः०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । पारित भएको एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार दुई सय ४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ८२ करोड ७७ लाख ६७ हजार पाँच सय ५५ रुपैयाँ पुग्ने छ । नियामक निकाय नेपाल बिमा प्राधिकरणको निर्देशनबमोजिम पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न कम्पनीलाई १७ करोड २३ लाख रुपैयाँ अपुग हुनेछ ।
त्यसैगरी साधारणसभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक नियुक्त गरिएकोमा अनुमोदन गरेको छ । सेयर संरचनामा परिवर्तनपछि सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्न सञ्चालक समितिमा संस्थापक समूहबाट तीन, सर्वसाधारणबाट दुईजना तथा एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा छजनाको सञ्चालक समिति कायम रहने र सोहीबमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच