राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज आकस्मिक बैठक बस्दैछ ।

पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बिहान ८ बजेका लागि बोलाइएको हो ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकबाट सरकारले राप्रपाले आवश्यक निर्णय गर्ने बताइएको छ । कांग्रेससहितको नयाँ समीकरण बनेसँगै पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

यसअघि राप्रपाले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कसैको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?