काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुग्नुभएको छ ।
आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् ।
सोही क्रममा कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन महामन्त्री शर्मा कान्तिपथस्थित आयोगको कार्यालय पुग्नुभएको हो ।
दलहरुले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवार बन्दसूची बुझाइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच