आँखा र कानको विशेषज्ञ उपचार अब नलगाडमै

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । जाजरकोटकोे नलगाड नगरपालिकामै अब आँखा र कानको विशेषज्ञ उपचार सेवा पाइने भएको छ ।

नगरपालिकाले बुधबार औपचारिक कार्यक्रम आयोजना गरी आँखा र कानसम्बन्धी रोगहरूको उपचार सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयाे । सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरेको उहाँले बताउनुभयाे ।

नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौँ अघिदेखि आँखा र कानको उपचार सेवा प्रवाह गर्दै आएको थियो । उपचार सेवा शुरु भएपछी जाजरकोटकोे नलगाड नगरपालिका आसपासका बिरामीहरु सदरमुकाम पुग्नुपर्ने झन्झटबाट  मुक्त हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?