निर्माण व्यवसायी संघमा महर्जन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ । संघको १४औँ साधारणसभा तथा सातौँ अधिवेशनले महर्जनसहित १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्षमा अमर शाक्य, द्वितीय उपाध्यक्षमा मोहनकृष्ण बस्नेत, सचिवमा दिनेश श्रेष्ठ, सहसचिवमा हरिहर श्रेष्ठ, कोषाध्यक्षमा गोकुल खड्का र सहकोषाध्यक्षमा श्यामकुमार गिरी रहेका छन् ।

जनजाति सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मीना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुला सदस्यमा पुष्कर श्रेष्ठ, विश्वास श्रेष्ठ, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्यामज्योति बोहोरा, दोलराज अधिकारी, कविन्द्रकुमार लामा रहेको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?