एमालेको सचिवालय बैठक बस्दै, मुख्य एजेण्डा उम्मेदवार छनोट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो ।

यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । यस्तै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ ।

यसैगरी, बैठकमा विभिन्न दलहरुसँग चुनावी तालमेल गर्नेरनगर्ने बारे पनि छलफल गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?