सिरिजमा अष्ट्रेलियाको जित

Read Time = 3 mins

मेलबर्न । अष्ट्रेलियाले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिजलाई ३१ रनले पराजित गरेको छ । योसँगै दुई टी–२० आई खेलको सिरिज अष्ट्रेलियाले दुई–शून्यले जितेको छ ।

जितका लागि १७९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । वेस्ट इण्डिजका जोनसन चाल्र्सले ३० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाउनुभयो । ओपनर काइल मेयर्स ६, ब्रेन्डन किंग २३, कप्तान निकोलस पुरन दुई, जेसन होल्डर १६ र रोभम्या पावेल १८ रनमा आउट हुनुभयो ।

तल्लोक्रमका अकिल हुसेनले १९ बलमा तीन चौका र एक छक्कासहित २५ रन बनाउनुभयो । अष्ट्रेलियाका मिचेल स्टार्कले चार ओभरमा २० रन खर्चेर चार विकेट लिनुभयो । उहाँको यो टी-२० अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो । प्याट कमिन्सले दुई, क्यामरन ग्रिन र एडम जाम्पाले एक–एक विकेट लिनुभयो ।

त्यसअघि ब्रिस्बेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७८ रन बनायो । अष्ट्रेलियाका डेविड वार्नरले ४१ बलमा १० चौका र तीन छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिनुभयो । टिम डेविड २० बलमा चार चौका र तीन छक्कासहित ४२ रनमा अविजित रहनुभयो ।

त्यसबाहेक ग्रिन एक, आरोन फिन्च १५, स्टिभ स्मिथ १७, ग्लेन म्याक्सवेल एक र म्याथ्यु वेड १६ रनमा आउट हुनुभयो । वेस्ट इण्डिजका अल्जारी जोशेफले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिनुभयो । ओबेद म्याककोयले तीन ओभरमा ३३ रन खर्चेर दुई विकेट लिनुभयो ।
पहिलो खेलमा अष्ट्रेलिया तीन विकेटले विजयी भएको थियो । टी-२० विश्वकपअघि वेस्ट इण्डिजले दुई टी-२० आई खेलको सिरिज खेलेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?