नवलपरासीमा सत्तारुढ गठन्धनको सहमति बिपरित उम्मेदवारी दर्ता

Read Time = 3 mins

-प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीमा सत्तारुढ गठबन्धनको सहमति विपरित नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदारी दर्ता गराएका छन् । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा सहमति बिपरित उम्मेदवारी दर्ता भएको हो । गठबन्धनको निर्णय अनुसार क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य र ‘क’ तर्फको प्रदेशसभा सदस्य नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो, भने ‘ख’तर्फको प्रदेश सभा सदस्य माओवादी केन्द्रलाई दिइएको थियो । तर ‘ख’तर्फको प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका रामानन्द यादवले उम्मेदवारी दर्ता गराइसकेपछि सोही प्रदेश सभामा नेपाली कांग्रेसका देवकरण कलवारले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

काग्रेसले गठबन्धनको सहमति उल्लघन भएको भन्दै माओवादी केन्द्रले निर्वाचन क्षेत्र १ मा उम्मेद्धारी दिएको छ । गठबन्धनको सहमति विपरित उम्मेद्धारी दिएको भन्दै माओवादी केन्द्रकी केन्द्रिय सदस्य सीतादेवी बौडेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । सहमति तोडिएको भन्दै कांग्रेसको भागमा परेको ‘क’ तर्फको प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका चन्द्र ढकालले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसबाट उद्योगपति विनोद चौधरी, जनता प्रगतिशिल पार्टी (जप्रपा) का हृदयस त्रिपाठी र एमालेबाट सिन्धु जलेसाले उम्मेद्धारी दिनुभएको छ । क्षेत्र नम्बर १ मा सबै क्षेत्रमा गरी कुल ५० जनाको उम्मेद्धारी परेको छ ।

यसैबीच नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, एमालेबाट दीपेन्द्र अधिकारी, राप्रपाबाट पूर्वआइजिपी धुब्रबहादुर प्रधानलगायतका दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उक्त निर्वाचन क्षेत्रमा एमाले र जसपाबीच तालमेल गरिएको छ । भने राप्रपाले लोसपासँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको हो ।
क्षेत्र नम्बर दुई मा सबै क्षेत्रमा गरी कुल ४४ जनाको उम्मेद्धारी दर्ता भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?