सिंजाद्धारा बाढीपहिरोबाट भएको क्षतिको विवरण सार्वजनिक (विवरणसहित)

Read Time = 5 mins

-विजय रावत

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाद्धारा लगातार परेको अविरल वर्षाले पालिका भित्र गरेको क्षतीको विवरण सार्वजनिक गरेको छ । विहीबार सार्वजनिक गरेको जारी सुचना अनुसार संकटको यो अवस्थामा सिंजा गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल राहत र पुनःस्थापनाका कार्य तत्काल अगाडि बढाई दिन हुन जिल्ला विपद् व्यवस्थापन समिति मार्फत कर्णाली प्रदेश सरकार र नेपाल सरकारमा हार्दिक अनुरोध गर्दछौ । साथै राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्था र निकायहरुलाई मानवीय कार्यमा सहभागी भई सिंजावासि जनतालाई सहयोग गरिदिन सबै निकायलाई अनुरोध गरेको सिंजा गाउँपालिकाले जनाएको छ ।

लगातार अविरल वर्षाले पारेको क्षती विवरणको सार्वजनिक गर्दे जिल्लाको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले पालिका भित्रका ५१ घर पुर्णरुपमा भत्केकाछन् । १२० घर जोमिख पुर्ण अवस्थामा छन् । दश किलोमिटर भन्दा बढी सडक अवरुद्ध भएको छ । सिंजाका सबैवडामा सानादेखी ठुला काठेपुल बगाएको गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

नाग्म गमगडी सडकको सिंजा क्षेत्र पर्ने करिब दश किलोमिटर सडक अबरुद्ध भएको छ । ६ स्थानमा सडक भत्केको छ । पालिका भित्रका आठ सय रोपनी खेती योग्य जमिन र पाक्न लागेको धानबालीमा पुरै नष्ट गरेको सिंजा गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो । वडा नम्बर ४ देखी ६ सम्म सिमी,आलु र मकै लगायत बालीलाई बाढी र पहिरोले सखाप पारेको छ । १५ वटा विद्यालय भवन आशिंक रुपमा क्षती भएको छ । पालिकाभर करिब ६ हजार स्याउ विरुवामा क्षती गरेको सिंजा गाउँपालिकाले सार्वजिक गरेको क्षतीको विरणमा उल्लेख गरेको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अुसार जिल्लामा १८७ घर पुर्ण क्षति भएकाछन् । ३७० घर आशिंक क्षती र २३४ घर उच्च जोखिममा रहेको बताउनुभयो । जुम्लामा बाढीपहिरोबाट एक हजार ११३ घर परिवार विस्थापित भएकाछन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रदेशको सवै भन्दा बढी घरपरिवारदेखी मानवीय क्षती जुम्लामा भएको छ । बाढीपहिरोले जिल्लामा जनधनमा ठूलो क्षति पु¥याएको जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार विपद्का कारण मृत्यु हुनेमा जुम्लामा दश जना,मुगुमा आठ, कालिकोटमा पाँच र हुम्लामा चार जना रहेकाछन् । यस्तै, जाजरकोटका तीन जना, डोल्पा र सल्यानका २÷२ जना र दैलेखमा एक जना रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तो छ सिंजा गाउँपालिकाले सार्वजनिक गरेको क्षतीको विवरण

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?