भैंसेपाटी पुगेर पम्फा भुसालले वामदेव गौतमसँग मागिन् भोट

Read Time = 2 mins

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले वामदेव गौतमसँग भोट माग्नुभएको छ ।

भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुसालले भोट माग्नुभएको हो । एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय हुनुहुन्न ।

एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निस्क्रिय देखिनुभएको छ ।

गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गर्नुभएको हो । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । तर, २०७० सालको निर्वाचन भने उहाँ सम्मिलित पार्टीले बहिस्कार गरेको थियो ।

यसपटक गठबन्धनको समर्थनसहित उनी चुनावी मैदानमा हुनुहुन्छ । हाल राजनीतिमा सक्रिय नरहेका र कतै नदेखिएका गौतमलाई भेटेर उहाँले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?