दलित महिला वडा सदस्य नेपालीको मृत्यु

Read Time = 2 mins

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त हुनु भएकी वडा सदस्य नेपालीको बुधबार राति २ बजे मृत्यु भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँजाको शल्यक्रियापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै मृत्यु भएको हो ।

जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि तीन दिनअघि उनलाई धरान पुर्‍याइएको थियो । धरानमा आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजानेक्रममा नेपालीको मृत्यु भएको उहाँका भाइ विजय नेपालीले बताउनु भयो । लामो समयदेखि दाँत दुख्ने समस्याबाट ग्रसित उहाँको गिँजा काटेर पिप निकालिएको थियो ।

शल्यक्रिया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो । सिकिस्त अवस्थामा पुगेकोबेला विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै लापरबाही गरेको श्रीमान बलराम चर्माकारले बताउनु भयो ।

नेपाली गत ३० वैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा बिजयी हुनु भएको थियो । उहाँ नेकपा माओवादी केन्द्रको पालिका कमिटी सदस्य हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?