झुलाघाट नाकामा पक्की पुल बन्छ, त्यसको जिम्मा म लिन्छु : अध्यक्ष ओली

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसंग सिमाना जोडीएको झुलाघाट नाकामा पक्की पुल बनाउने बताउनु भएको छ ।

शुक्रबार बैतडीको पाटनमा आयोजित नेकपा एमालेको चुनावी आमसभालाई सम्बोधन गर्दै पक्की पुल निमार्णको आश्वासन दिनु भएको हो ।
अध्यक्ष ओलीले भारतसंग सिमानाका जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल बनाउने जिम्मा आफुले लिने बताउनुभयो । ‘अबको जमानामा पनि थोत्रो पुलले हुँदैन , पक्की पुल बन्नुपर्छ र त्यसको जिम्मा मैले लिन्छु र नेकपा एमालेले लिन्छ ’उहाँले भन्नुभयो ।

एमालेको सरकार बने झुलाघाटमा पक्की पुल र खनिज खानि उत्खन्न गर्ने उहाँले बताउनुभयो । यस्तै चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार विदेश सामु घुडा टेकेर बसेको समेत आरोप लगाउनुभयो । ‘तुइन काटेर नेपालीलाई फाल्दा समेत यो सरकार एक शब्द बोल्न सक्दैन , विदेशीसंग गलत सम्झौता गर्छ’ उहाँले भन्नुभयो ।

बैतडेली जनताको उत्साह र माया प्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष ओलीले बैतडीको विकासका लागि प्रतिवद्ध रहेको बताउदै यहाँ नेकपा एमालेको जित सुनिश्चित रहेको पनि दावी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?