-विराज रोस्यारा
धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी सरकारको नेतृत्वका लागी काग्रेंसको स्वभाविक दावी रहने बताउनु भयो । प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले गठबन्धनको ठुलो दल भएका कारण काग्रेंसले प्रधानमन्त्रीको दावी गर्नु स्वभाविक रहने बताउनु भयो ।
प्रधानमन्त्रीको लागी गठबन्धनका दलहरुबिच खासै छलफल नभएको बताउँदै महतले अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको स्पस्ट पार्नुभयो । सबैभन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएको उहाँले बताउनु भयो।
एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले ८० भन्दा बढि सिट जित्नेमा दाबी गर्नुभयो। उहाँले गठबन्धनले बहुमत ल्याउने बताउनु भयो ।
महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै सपना बाढेको तर, काम नगरेको आरोप लगाउनु भयो। रेल ल्याउने, पानी जहाज चलाउने, घरघरमा ग्यास ल्याउने भन्दै सपना बाढेको तर, काम नगरेको महतको भनाइ थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा थुप्रै विकासका कामहरू गरेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाको पहलमा सुदूरपश्चिम प्रदेशमा धेरै विकास भएको भन्दै उहाँले ओलीले सपना मात्रै बाँडेको तर काम नगरेको आरोप लगाउनु भयो।
आगामी सरकारले मुलुकमा स्थिरता दिने र रोजगारी सृजना गर्नेमा विश्वस्त रहन महतले आग्रह गर्नुभएको थियो । कांग्रेसले ६८ वर्षमा वृद्ध भत्ता दिएको बताउँदै महतले भन्नुभयो ‘अब ६५ वर्षमा वितरण गर्न लक्ष्य रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच