प्रतिबद्धता पुरा नगरे जनताको कठघरामा उभिनेछु : घनश्याम भुसाल

हिमालय टाइम्स
Read Time = 5 mins

रुपन्देही । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता घनश्याम भुसालले जनतासंग गरेको प्रतिबद्धता पुरा गर्ने बताउनु भयो ।

शनिबार देवदहमा आयोजित ‘स्रष्टासंग घनश्याम भुसाल’ कार्यक्रममा बोल्दै केवल चुनाव जित्नका लागि मात्र आफूले आश्वाशन नदिएको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘मैले अनावश्यक र भ्रमपूर्ण आश्वासन बांढ्ने गरेको छैन्, गर्न सक्ने प्रतिबद्धताहरु सार्वजनिक गरिरहेको छु, ती प्रतिबद्धता पुरा नगरे जनताको कठघरामा उभिन तयार छु ।’

स्रष्टाहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै भुसालले निकै लामो संघर्ष गरेर नेकपा एमाले पार्टीलाई जनताको प्यारो पार्टी बनाएको तर संसद र सरकारमा जनताको मुद्दा उठाउँदा एमाले नेतृत्वले उल्टै अपमान गरेको गुनासो गर्नुभयो ।, ‘हिजो पार्टीगत रूपमा केही अफ्ट्याराहरू थिए तर अब म स्वतन्त्र छु र मेरो वास्तविक परीक्षा अब सुरु भएको छ, तर बोलेको कुरा पुरा गर्नेछु ।’

नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले नेताहरूमा सही सांस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गर्नुभयो । पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको उहाँले बताउँदै बताउनु भयो । बिग्रेको राजनीतिलाई लेखन, साहित्य तथा विचारको माध्यमबाटै सुधारेर राजनीतिक नेतृत्व र समाजलाई सही दिशामा हिडाउँन स्रष्टाहरूले भुमिका खेल्नुपर्ने उहाँको भनाई थियो ।

हिजो तपाइले संसदमा रहेर के गर्नुभयो र अब तपाइलाई फेरि किन संसदमा पठाउने भन्ने स्रष्टाहरुको जिज्ञासामा भुसालले बिगतमा आफू संसदमा रहंदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टी भित्रको गलत प्रवृत्तिविरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताउनु भयो । जनताको साथ, माया र उत्साह देख्दा निर्वाचन जित्छु जस्तो लागेको बताउँदै भुसालले अब संसदमा गएर बाँकी रहेका विकास निर्माणका अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो।

कार्यक्रममा समालोचक तथा लेखक रामचन्द्र श्रेष्ठले अहिलेको चुनावमा एकातिर कमल थापा र दिपक बोहरा जस्ता परिर्वतन बिरोधी, अझैपनि राजतन्त्र चाहिन्छ भन्नेहरू रहेको र अर्कोतिर घनश्याम भुसालहरू रहेकोले जनताले कसलाई संसदमा पठाउँने भन्ने फैसला सोही अनुसार गर्नुपर्ने बताउनु भयो । देशको राजनीति दलाल उत्पादन गर्ने दिशातर्फ अगाडि बढिरहेको बताउँदै उहाले बिग्रीएको राजनीतिलाई सही दिशामा लैजान सांसदहरूको भुमिका हुने र त्यो भुमिका घनश्याम भुसालहरूले खेल्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा युगीन साहित्य समाजका विष्णु विवस पोखरेल, फोनिज रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, कलाकार तेजु अर्याल लगायतले समसामयिक विषयमा भुसालसंग जिज्ञासा राखेका राख्नु भएको थियने । नेपाली लेखक संघ र अखिल नेपाल लेखक संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रमको मिडिया संयोजन प्रेस सेन्टर नेपालले गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?