गर्मीले प्रत्येक वर्ष हजारौँ युरोपेलीको मृत्युः युरोपेली वातावरण निकाय

हिमालय टाइम्स
Read Time = 2 mins

कोपनहेगन । यदि केही गरिएन भने गर्मीको लहरले शताब्दीको अन्त्यसम्ममा प्रत्येक वर्ष ९० हजार युरोपेलीहरूको मृत्यु हुन सक्छ युरोपेली वातावरण निकायले चेतावनी दिएको छ । ‘अनुकूलन उपायहरू बिना र सन् २१०० सम्ममा ३ डिग्री सेल्सियस ग्लोबल वार्मिङको परिदृश्यमा वर्षेनि चरम गर्मीबाट ९० हजार युरोपेलीको मृत्यु हुन सक्छ’, निकायले भनेको छ ।

तर विश्वव्यापी तापक्रम घटेमा वार्षिक मृत्युदर पनि घट्ने सो निकायले जनाएको छ । ‘१ दशमलब ५ ड्रिग्री सेल्सियस ग्लोबल वार्मिङसँगै यो वार्षिक रुपमा ३० हजार मृत्युमा घट्न सक्छ ।’

देशहरूले ग्लोबल वार्मिङलाई पूर्व-औद्योगिक स्तरभन्दा १ दशमलब ५ डिग्री सेल्सियसमा राख्ने वाचा गरेका छन्- जुन लक्ष्यले विश्वले वर्तमान उत्सर्जन प्रवृत्ति गुमाउनेछ ।

सन् १९८० देखि सन् २०२० को अवधिमा १ लाख २९ हजार युरोपेलीको गर्मीबाट मृत्यु भएको सो निकायले जनाएको छ । विश्व स्वास्थ्य संगठनले यस वर्ष गर्मीका कारण १५ सय जनाको मृत्यु भएको जनाएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?