एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ ।

गत साउन २ सोमबार निर्वाचनको पर्यबेक्षण गर्नका लागि कम्बोडिया जानुभएका ओली एक सातापछि स्वदेश फर्किनुभएको हो ।

सोमबार राती स्वदेश फर्कनुभएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायतका पार्टीका शिर्ष नेताहरूले स्वागत गर्नुभएको थियो ।

कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यबेक्षण गर्न विशेष अतिथिको रुपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी हुनुहुन्थ्यो ।

एक साता लामो कम्बोडिया बसाइका क्रममा उहाँले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?