सेफ्टी ट्यांकी सफा गर्दा दुई युवाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भरतपुर । सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार मृत्युहुनेमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ९ बस्ने वर्ष २४ को छतिराम थारु र २३ वर्षीय राम चौधरी रहनुभएको छ ।

भरतपुर महानगरपालिका १९ स्थित तमु टोलकी रामप्यारी गुरुङको घरमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा चिप्लिएर एक र उहाँको उद्धार गर्ने क्रममा दोस्रोको मृत्यु भएको हो ।

उहाँहरू नाताले साला भेना हुनुहुन्छ । लामो समय देखि चितवनमा सेफ्टी ट्यांकी सरसफाइ गर्ने काम गर्दै आउनुभएका उहाँहरू बुधवार साँझ पनि ट्यांकी सफा गर्न गुरुङको घरमा पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?