अर्जेन्टिनाको विश्वकप टोली घोषणा

Read Time = 3 mins

लण्डन । अर्जेन्टिनाले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ । फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि टोलीमा समेट्दै अर्जेन्टिनाले विश्वकप टोली घोषणा गरेको हो । अर्जेन्टिना विश्वकपको समूह ‘सी’ मा रहेको छ । यस समूहमा साउदी अरब, मेक्सिको र पोल्याण्ड पनि छन् । अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्नेछ ।

अर्जेन्टिनाको टोलीको गोलरक्षकमा एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी, डिफेन्डरमा नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको र जान फोयथ हुनुुहुन्छ ।

यस्तै, मिडफिल्डरमा रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज र एजेक्वेल पालासिओस तथा फरवार्डमा लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया, पाउलो डिबाला हुनुहुन्छ ।

त्यस्तै, नेदरल्याण्ड्सले पनि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । नेदरल्याण्ड्स विश्वकपको समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयोजक कतार, इक्वेडर र सेनेगल छन् । नेदरल्याण्ड्सले पहिलो खेल सेनेगलसँग खेल्नेछ ।

नेदरल्याण्ड्सको टोलीमा गोलरक्षक जस्टिन बिज्लो, एन्द्रिज नोपर्ट र रेम्को पस्भिर, डिफेन्डरमा नाथन आके, डेली ब्लिन्ड, भर्जिल भान डाइक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, म्याथिस डे लिग्ट, टिरेल मालासिया, जुरीएन टिम्बर र स्टेफान डे भ्रिज, मिडफिल्डरमा स्टिभन बर्घिअस, फ्रेन्की डे जोङ, डाभी क्लासेन, तिउन कुप्मेनर्स, मार्टेन डे रुन, जाभी सिमोन्स, केनेथ र टेलर, फरवार्डमा स्टिभन बर्गवाइन, मेफिस डिपाए, कोडी गाक्पो, भिन्सेन्ट जानसन, लुक डे जोङ, नोअ लांग र वुट वेघस्र्ट रहनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?