अंकारा । टर्कीको राजधानी इस्तानबुलको एउटा सडकमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते भएका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा बोल्दै, उनले आक्रमणको निन्दा गर्दै हमलामा ‘आतंकको गन्ध’ आएको बताए ।
न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन् ।
विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच