दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवा भेदभावको शिकार : संयुक्त राष्ट्रसंघ

Read Time = 2 mins

एजेन्सी/दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाले विद्यालय, काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरूविरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दे सो कुरा जनाएको छ । उमेर, लिंग, शिक्षा, आम्दानी र छालाको रंगका कारण भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको केही अगाडिमात्र जारी गरिएको हो ।

प्रतिवेदनका अनुसार करिब ८० प्रतिशत युवा उत्तरदाताहरूले भेदभावले उनीहरूको जीवन प्रगतिमा असर गरेको महसुस गरेका छन् । बालबालिका विरुद्धको हिंसाको स्तर र दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले बताउनुभयो । ‘बालबालिकाविरुद्ध हुने भेदभावविरुद्ध हामी सबैले लड्नुपर्छ’, उहाँले भन्नुभयो । ‘विश्व बाल दिवस हरेक बालबालिकाको अधिकारको लागि हाम्रो आहृवानलाई बलियो बनाउने क्षण हो’ उहाँले जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?