जुम्ला प्रदेशसभा (ख) मा समाजवादीका पदम बहादुर रोकाया सुरुदेखि अग्रता

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्ला प्रदेशसभा (ख) मा सत्ता गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार पदम बहादुर रोकायाले सुरुदेखि अग्रता लिनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले ११ः३० बजे सार्वजनिक गरेको मत परिमाण अनुसार रोकाया दुई हजार ३३ मतसहित अग्रस्थान हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार टेकराज पछाई एक हजार ८४७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले एक हजार ८८ मत प्राप्त गर्नुभएकाे छ । एक प्रतिनिधिसभा र दुई प्रदेश सभाको मतगणना भईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?