नेपालगञ्ज म्याराथनको दीप प्रज्वलन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालगञ्ज म्याराथनको आयोजक क्रियटिभ हृयाण्ड्सले नेपालगञ्जस्थित बिपी चोक र कोहलपुर चौराहमा दीप प्रज्वलन गरेको छ । नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले र राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलबी क्षेत्रीले कोहलपुर चौराहमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो भने बिपी चोकमा अर्का संरक्षक सदस्य सन्तोष खड्काले आरम्भ गर्नुभयो ।

‘शान्ति, सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नाराका साथ आायोजना हुने नेपालगञ्ज म्याराथनमा २०२२ को तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका अगाडि सुरु÷समापन गेट रहने धारा नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुनः सोही रुटमा फर्किएर बिपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ ।

आठौँ धारा नेपालगञ्ज म्याराथनको विजेता एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५ किमी) तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौँलाई १० हजार, छैटौँलाई आठ हजार, सातौँलाई सात हजार र आठौँलाई ६ हजार नगद, पदक र प्रमाणपत्रबाट कदर गरिनेछ ।

त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौँलाई आठ हजार, छैटौँलाई सात हजार, सातौँलाई ६ हजार र आठौँलाई पाँच हजार रूपैयाँ, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला पाँच किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई सात हजार प्रदान गरिनेछ । त्यस्तै, विद्यालयस्तरीय पाँच किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रोलाई पाँच हजार एवं तीन किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रोलाई पाँच हजारले पुरस्कृत गरिने आयोजकले जनाएको छ । हिृवलचेयरमा शीर्ष तीनजनालाई १० हजार, सात हजार र पाँच हजार नगदले पुरस्कृत गरिने आयोजक क्रियटिभ हृयाण्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?