काठमाडौं । बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’को पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिड्मिङ’ले जितेको छ । काठमाडौंमा सम्पन्न सुपर फिनालेमा सिद्धार्थ र उहाँका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जित्नुभएको हो विजयी भएसँगै सिद्धार्थले १५ लाख रुपैयाँ नगद, रियलमी जिटी नियो तीन स्मार्टफोन र अन्य पुरस्कार पनि जित्नुभएको छ भने उहाँका गुरु मिङ्मा डी लेप्चालाई पनि नगद पाँच लाख रुपैयाँ पुरस्कार रकम प्रदान गरिएको थियो ।
कार्यक्रमको सुरुवातमा सम्पूर्ण सहभागीले दुई मिनेटको रियलमी थीम संगमा नृत्य प्रदर्शन गरेका थिए । उपाधि विजेतालाई बधाई दिँदै रियलमी नेपालका कन्ट्री डिरेक्टर मुनिश गिरीले यो रियालिटी शोको सुरुवातमै धेरै बालबालिकाहरूको अत्यन्तै उत्कृष्ट नृत्य कला देख्न पाएको बताउनुभयो । ‘यस्तो राम्रो प्लाटफर्ममा जोडिन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । कार्यक्रममा प्रतिभाशाली नृत्य प्रस्तुत गर्नुहुने सम्पूर्ण भाइबहिनीहरूलाई उनीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्न चाहन्छु’, उहाँले भन्नुभयो, ‘साथै आउँदा दिनमा यस शोले धेरैभन्दा धेरै लोकप्रियता हासिल गरोस् र अझै धेरै भाइबहिनीलाई आफ्नो कला प्रदर्शन गर्ने मौका प्रदान गरोस् भन्ने शुभेच्छा पनि दिन चाहन्छु ।’ सुपर डान्सर नेपाल अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ को नेपाली फ्रान्चाइज हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच