रियलमी नार्जो ५०

Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरि अर्को एउटा सिरिज रियलमी नार्जो ५० आई प्राइम ल्याएको छ । नार्जोको स्टाइलिस डिजाइन, छरितो पर्फमेन्स र पावरफुल प्रोसेसरको लेगेसीलाई अझै विशाल बनाउने र प्रयोगकर्तालाई समग्ररूपमा एउटा पूर्ण स्मार्टफोन एक्सपिरियन्स प्रदान गर्ने विश्वास गरिएको छ ।

रियलमीका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘नार्जो सिरिजको नयाँँ सदस्यका रूपमा रियलमी नार्जो ५० आई प्राइमलाई लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो । त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउन हौसला दिएको थियो । एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस फोन नार्जो ५० आई प्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ र यसको पावरफुल युनिसक टि ६१२ प्रोसेसरले पहिलाभन्दा अझै पावरफुल पर्फमेन्स प्रदान गर्छ ।’

यो सस्तो मूल्यमा हालसम्मकै पातलो र हल्का वजनको फोन रहेको बताइएको छ । ८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको फोनको तौल भने एक सय ८२ ग्राम रहेको छ । सजिलोसँग ब्लकबस्टर सट्स लिन र डिटेल्ड तस्बिर लिन आठ एमपिको एआई क्यामेराका साथै टिकाउ ब्याट्री रहेको छ । तीन जिबी र्‍याम र ३२ जिबी रोम भएको सेटको मूल्य १४ हजार चार सय ९९ र चार जिबी ¥याम र ६४ जिबी रोम भएको सेटको मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?