एनआरएनएले विश्वभरका नेपाली स्वास्थ्यकर्मी अष्ट्रेलियामा भेला गर्दै

हिमालय टाइम्स
Read Time = 2 mins

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी र चिकित्सक भेला हुने भएका छन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने भएका हुन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले विश्वका एक सयभन्दा बढी देशमा रहेका नेपाली स्वास्थ्यकर्मी एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताउनुभयो ।

एनआरएनए-अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ ।

समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?