कराची । लेफ्टिनेन्ट जनरल असिम मुनिर पाकिस्तानको नयाँ सेना प्रमुख (सिओएएस) को रूपमा नियुक्त हुनुभएको छ । गत हप्तादेखिको विभिन्न अनुमानकाबीच बिहीबार उहाँको नियुक्ति भएको हो ।
‘पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफ अफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गर्नुभएको छ’ पाकिस्तानी सूचना मन्त्री मरियम औरंगजेबले ट्वीट गर्नुभएको छ । पाकिस्तानका जनरल कमर जावेद बाजवा ६ वर्षको कार्यकालपछि यसै महिनाको अन्त्यमा अवकाश लिँदै हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच