निर्वाचनले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न जनादेश दियो : नेम्वाङ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आमनिर्वाचनको परिणामले राजनीतिक अस्थिरता ननिम्तिने बताउनु भएको छ ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एमालेका शीर्षनेता पराजित भएका बेला उपाध्यक्ष नेम्वाङले निर्वाचनको परिणाम जस्तो आएको भए पनि राजनीतिक अस्थिरता आउन दिन नहुने बताउनु भएको हो ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले राजनीतिक अस्थिरता आउन नदिन सबै दल र नेताहरु सचेत रहनुपर्ने बताउनु भयो ।

मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको र सोहीअनुसार मिश्रित परिणाम आउनेबारे सबै दल जानकार रहेको भन्दै उहाँले राजनीतिक अस्थिरता आउन नदिने गरी काम गर्नुपर्ने बताउनु भयो ।

लोकतन्त्रमा निषेधको राजनीति गर्न नहुने आफूहरुको विचारलाई जनताले पनि निषेधको राजनीति पराजित भएको भन्दै उहाँले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न जनादेश आएको बताउनु भयो ।

जनादेशअनुसार राजनीतिक दलअघि बढ्नुपर्ने भन्दै उहाँले संविधान कार्यान्वयनमा र लोकतन्त्रलाई असर नगर्नेगरी जनादेश नआएको बताउनु भयो ।

एमालेलाई सरकारमा जान आतुर नरहेको भन्दै नेम्वाङले अहिलेका जनादेशअनुसार नै अघि बढ्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?