कामनाको सहयोगमा दृष्टिविहीनलाई कम्प्युटर तालिम

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र अजोड इनिसेटिभबीच दृष्टिविहीनलाई तालिम प्रदान गर्ने सम्झौता भएको छ । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम दिन अजोड इनिसेटिभसँग सम्झौता गरेको हो ।

सम्झौतासँगै कामना सेवा विकास बैंकले दृष्टिविहीन विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिमका लागि आर्थिक सहयोग गर्नेछ । साथै बैंकले दृष्टिविहीनलाई लक्षित गरी ल्याइएको स्वाभिमान बचत खातासमेत खोलिदिने जनाएको छ । सम्झौतापत्रमा बैंकका ब्राण्डिङ प्रबन्धक सृष्टिना मानन्धर र अजोडका संस्थापक सौरभ तिवारीले हस्ताक्षर गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?