साझा उम्मेदवारमा सहमति जुटाउन शेखर-गगन समूहले मंगलबार बिहान पुन: छलफल गर्ने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरुले संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन नेताद्वय शेखर कोइराला र गगन थापालाई आग्रह गरेका छन् ।

संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह सोमबार दिनभर छलफलमा जुटेको थियो।

बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि छलफलमा जुटेको शेखर–गगन समूहको छलफल मंगलबार बिहानसम्मका लागि स्थगित भएको छ।

नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहको बैठक बसेको हो।

छलफल मंगलबार बिहान ८ बजे पुन: हुने बताइएको छ।

बुधबार हुने संसदीय दलको निर्वाचनका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोयन गर्ने कार्यक्रम छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?