अमेरिकी क्यापिटलमा आक्रमण प्रकरणः ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन संसदीय समितिको सिफारिस

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।

विद्रोहलाई उक्साउने, आधिकारिक कार्यवाहीमा अवरोध पुर्याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ ।

‘समितिले महत्त्वपूर्ण प्रमाणहरू जुटाएको छ कि राष्ट्रपति ट्रम्पले हाम्रो संविधानअन्तर्गत शक्तिको शान्तिपूर्ण संक्रमणमा बाधा पुर्याउने उद्देश्य राखेका थिए’ प्रतिनिधि जेमी रस्किनले प्यानलको निष्कर्षलाई उल्लेख गर्दै भने ।

उनले अगाडि भने, ‘हामी विश्वास गर्छौं कि आज मेरा सहकर्मीहरूले वर्णन गरेका र हाम्रो सुनुवाइमा जुटाएका प्रमाणहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक सन्दर्भको उचित आधार दिन्छ ।’ एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?