काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित हुनु भएको छ । बिहीबार भएको दलको नेताको निर्वाचनमा उहाँले रामसरोज यादवलाई पराजित गर्नुभयो ।
मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । कृष्णले १८ र रामसरोजले चार मत पाउनु भयो । कृष्णदेव संस्थापन पक्षका नेता हुनु हो । रौतहटका उहाँ कांग्रेस मधेस प्रदेशको सभापतिसमेत हुनु हो ।
धनुषाका रामसरोज विमलेन्द्र निधि निकट नेता हुनु हो। दलको नेता निर्वाचित भएपछि मधेस प्रदेशमा सरकार बनाउन अन्य दलसँग छलफल गर्ने यादवले बताउनु भयो । मधेस प्रदेशमा कुनै दलको स्पष्ट बहुमत छैन । एमाले २३ र कांग्रेसको २२ सांसद छन् । केन्द्र सरकारमा यही समीकरण रहेको अवस्थामा कांग्रेसले मुख्यमन्त्री पाउन चुनौती छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच