लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

Read Time = 1 min

-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा एमालेले जितेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका सजरुद्धिन मुसलमानले जनमत पार्टीका उम्मेदवार चन्द्र केश गुप्तालाई हराउँदै विजयी हुनुभयो ।

नगरप्रमुखमा निर्वाचित काँग्रेसका मुलसमानले ९ हजार ५७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार चन्द्र केश गुप्ताले ६ हजार २ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा भने एमाले उम्मेदवार कल्पना हरिजन निर्वाचित हुनु भयो । उहाँले ६ हजार ५९० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सवनम जहाँ शेषले ६ हजार १४५ मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?